बुधबार, भाद्र २४ गते २०८३
images

मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन

एक्सप्रेस पाना
श्रावण २३, २०८३ शनिबार
  • 178
    SHARES
  • मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन

    काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ।

    images

    अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्जको अर्जेन्टिनाको रोसारियोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

    जर्ज मेसी लियोनल मेसीका बुबा मात्र नभई उनको व्यावसायिक करियरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति पनि थिए । मेसी किशोरावस्थादेखि नै जर्जले उनको करियर व्यवस्थापनमा साथ दिँदै आएका थिए । आफ्नो प्रतिभालाई विश्वस्तरमा पुर्‍याउने यात्रामा परिवारको साथ पाएका मेसीले पछि बार्सिलोना हुँदै अर्जेन्टिना र हाल इन्टर मियामीबाट आफ्नो खेल करियर अघि बढाएका छन् ।

    images

    जर्ज मेसीको निधनप्रति विश्वभरका फुटबल समर्थक तथा मेसीका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # मेसी
  • # लियोनल मेसी
  • # जर्ज मेसी