सोमबार, भाद्र २९ गते २०८३
images

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले ल्यायो मार्जिन ट्रेडिङ सुविधा

एक्सप्रेस पाना
श्रावण २५, २०८३ सोमबार
  • 421
    SHARES
  • क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले ल्यायो मार्जिन ट्रेडिङ सुविधा

    काठमाडौं । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याएको छ।

    images

    ब्रोकर नम्बर ५० रहेको कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको प्रक्रियाअनुसार मार्जिन ट्रेडिङ सेवा प्रारम्भ गरेको जनाएको हो। 

    कम्पनीका अनुसार मार्जिन ट्रेडिङमार्फत योग्य लगानीकर्ताले आफूसँग उपलब्ध रकमलाई प्रारम्भिक मार्जिनका रूपमा प्रयोग गरी तोकिएका कम्पनीका सेयर खरिद गर्न सक्नेछन्। यसका लागि कम्पनीले ३० प्रतिशत प्रारम्भिक मार्जिन र बाँकी ७० प्रतिशत रकम ऋणका रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।

    images

    मार्जिन ट्रेडिङ सुविधा लिन इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ। त्यसपछि कम्पनीसँग आवश्यक सम्झौता गरेर सेवा लिन सकिनेछ।

    कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार मार्जिन ऋणको अवधि अनुसार ब्याज तथा प्रशासनिक शुल्क लाग्नेछ। पहिलो ३० दिनपछि थप प्रत्येक ३० दिनको अवधिमा लाग्ने ब्याजमा २५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था पनि कम्पनीले गरेको छ।

    मार्जिन ट्रेडिङबाट लगानीकर्ताले आफ्नो उपलब्ध पुँजीभन्दा बढी रकम बराबरको सेयर कारोबार गर्न सक्ने भए पनि यसमा बजारको उतारचढावसँगै जोखिमसमेत रहने भएकाले लगानीकर्ताले आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ।

    कम्पनीले आफ्ना ग्राहक तथा लगानीकर्तालाई प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीय पुँजीबजार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार नयाँ सुविधा सञ्चालनमा ल्याइएको जनाएको छ।

    0e1ebd85-d7c8-4640-93aa-24b7d605efc2.jpeg

  • सम्बन्धित विषय:

  • # मार्जिन ट्रेडिङ
  • # क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज