आइतबार, कार्तिक १६ गते २०८३
images
images

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल 

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 241
    SHARES
  • दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल 

    कात्तिक १५ चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् ।

    images

    परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए । 

    एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचन्डको भन्डाफोर गर्ने उनले बताए । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ । 

    images

    एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ ।