आइतबार, भाद्र २८ गते २०८३
images

आजको राशिफल बि.स २०८३ भाद्र ४ गते विहिबार

एक्सप्रेस पाना
भाद्र ४, २०८३ बिहीबार
  • 129
    SHARES
  • आजको राशिफल बि.स २०८३ भाद्र ४ गते विहिबार

    काठमाडौं । आजको राशिफल बि.स २०८३ भाद्र ४ गते विहिबार ई.स २०२६ अगस्त २० नेपाल सम्बत ११४६, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, एन्द्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३९ मिनेटमा बजे हुनेछ ।

    images

    मेष राशि

    ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।

    images

    वृष राशि 

    जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।

    मिथुन राशि 

    प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।

    कर्कट राशि 

    इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।

    सिंह राशि 

    समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्रतिफल कम हुनेछ। योजना बनाउँदा सजग रहनु उत्तम हुनेछ।

    कन्या राशि 

    नयाँ आम्दानीको ढोका खुल्नेछ। साझेदारी लाभदायक हुनेछ। व्यवसायिक उचाइ चुम्न सकिनेछ। कर्मको सम्मान पाइनेछ।

    तुला राशि 

    आर्थिक फाइदा नभए पनि महत्वपूर्ण जिम्मेवारी आउन सक्छ। आत्मबल प्रयोग गरे सामाजिक रूपमा चम्किने समय छ।

    वृश्चिक राशि 

    साथीहरूको साथमा अड्किएका काम बन्नेछन्। दीर्घकालीन लाभका लागि आजको मिहिनेत महत्वपूर्ण हुनेछ।

    धनु राशि 

    काममा समय लाग्नेछ, यात्रा पनि हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। धैर्यले सफलता दिलाउनेछ।

    मकर राशि 

    पढाइ, व्यापार र आम्दानी तीनैमा सुधार हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ । प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने संकेत छ।

     

    कुम्भ राशि 

    कानुनी वा विवादास्पद मामिलामा सफलता। सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ। सहयोगीहरूको साथ पाइनेछ। 

     

    मीन राशि 

    प्रेम र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। आर्थिक लाभ औसत रहनेछ।

  • सम्बन्धित विषय:

  • # राशिफल