काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य ह्वातै बढेको छ ।
आज सुन तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


