आइतबार, कार्तिक १६ गते २०८३
images
images

वास्तविक सुकुम्बासीको पहिचान गर्न सरकारले कार्यदल बनाउँदै

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 277
    SHARES
  • वास्तविक सुकुम्बासीको पहिचान गर्न सरकारले कार्यदल बनाउँदै

    कात्तिक १५ काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्बासी पत्ता लगाउने बताइन् ।

    images

    'वास्तविक सुकुम्बासी पत्ता लगाउनुपर्छ । यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,' उनले भनिन्, कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्बासी बन्ने र भएको आफ्नो जग्गा बेचेर सुकुम्बासी बनेर आउने प्रवृत्ति छ । त्यसलाई नियन्त्रण गरिन्छ । वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गरेर उचित पुनर्स्थापना गर्ने प्रयास गर्छौं ।'

    सुकुम्बासीलाई जग्गा वितरण गर्न तथा ऐलानी जग्गालाई नम्बरी बनाई लालपूर्जा वितरण गर्न सरकारले सुकुम्बासी आयोग गठन गरिसकेको छ ।

    images

    मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा विस्थापितको पुनर्स्थापनाका लागि पहल गर्ने, अन्य मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाइन् ।