मंगलबार, भाद्र २३ गते २०८३
images

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको शानदार जित

एक्सप्रेस पाना
भाद्र १५, २०८३ सोमबार
  • 81
    SHARES
  • एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको शानदार जित

    काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । 

    images

    सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो । ८८ रनको लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

    नेपालका लागि अर्जुन कुमालले ३६ रन बनाए भने रोहित पौडेलले अविजित १९ रन बनाए । 

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । त्यसैगरी नेपालका लागी सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिए । 

    नेपालले अब अर्को खेल सेप्टेम्बर ३ मा मलेसियासँग खेल्ने छ । 

     

  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप