काठमाडौं । जारी एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ ।
बिहिबार जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको हो ।
मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडे । त्यस्तै नेपाली बलर करण केसीले ४ विकेट लिए भने ललित राजबंशीले २ विकेट लिए।


