आइतबार, कार्तिक १६ गते २०८३
images
images

गृहमन्त्री खाँडले दिए तिहारमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 223
    SHARES
  • गृहमन्त्री खाँडले दिए तिहारमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन

    कात्तिक १६ काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडले तिहारका बेला सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएका छन् । तिहारजस्ता ठूला चाँडबाडमा हुन सक्ने लुटपाट लगायत अप्रिय घटना नियन्त्रण गर्न उक्त निर्देशन दिइएको हो ।

    images

    सोमबार सिंहदरबारमा सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । सो बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने आपराधिक घटनाहरु नियन्त्रण गर्न मुलुकको समग्र सुरक्षा व्यवस्था थप बलियो बनाउन भनेका हुन् ।

    साथै कोरोना भाइरसको जोखिम कायमै रहेकाले चाडबाडका बेला भीडभाड कम गरेर कोरोना नियन्त्रणमा समेत ध्यान दिन गृहमन्त्री खाँडले आग्रह गरे । उनले स्वास्थ्य मापदण्ड पालनामा कडाइ तथा संक्रमण बढ्न नदिने विषयमा सबै निकायको ध्यानाकर्षण गराए ।

    images

    उक्त बैठकमा रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।