काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
विहिबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पाण्डेले २० रन बनाउँदा रोहित पौडेलले १० जोडे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडे । त्यस्तै नेपाली बलर करण केसीले ४ विकेट लिए भने ललित राजबंशीले २ विकेट लिए।


