काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपमा ओमानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
बिहिबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हराएको हो । १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो ।
नेपालका लागी सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने रोहित पौडेल र ललित राजबंशीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुदैँ १४७ रन बनाएको थियो । नेपालका लागी दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाए ।
नेपालले अब शनिबार फाइनल खेलमा युएईको सामना गर्नेछ ।


