आइतबार, कार्तिक १६ गते २०८३
images
images

अब हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था हुन्छ : मन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 285
    SHARES
  • अब हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था हुन्छ : मन्त्री श्रेष्ठ

    कात्तिक १६ मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आज श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गरेका छन् । अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने बताएका छन् । ‘अब वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृतिको व्यवस्था हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने छ,’ मन्त्री श्रेष्ठले भने । अहिले बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट श्रम स्वीकृति दिँदै आएको उनले बताए ।

    images

    मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुनेगरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने पनि बताए । मन्त्री श्रेष्ठले श्रम कार्यालय, हेटौंडाको समस्या बारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि सकेको प्रयास गर्ने बताए ।

    एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, पार्टी उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, सचिव विष्णुप्रसाद दाहालसहित श्रम तथा रोजगार कार्यालयमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र भएकाले श्रमिक तथा रोजगारदाताका बीचका समस्या समाधानका लागि लागि पर्ने बताए । 

    images

    कार्यालय अनुगमनमा मन्त्रालयका सहसचिव सुमन घिमिरे, मन्त्री श्रेष्ठका स्वकीय सचिव कृष्ण सुवेदीलगायतको उपस्थिति थियो । मन्त्री श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले कार्यालयले सम्पादन गरिरहेका काम, समस्या, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।