आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुढीगण्डकी बाढी:९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

एक्सप्रेस पाना
आश्विन २६, २०८३ सोमबार
  • 249
    SHARES
  • बुढीगण्डकी बाढी:९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

    काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाएको छ ।

    images

    नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार जगतबाट १७, यारुबाट २२, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुँबाट १२, नामरुङबाट तीन, देङ्गबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरिएको हो ।

    उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

    images

    बाढीबाट प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको छ ।

    यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ ।

    बाढीका कारण प्रभावित क्षेत्रको आवागमन अवरुद्ध भएपछि उद्धार तथा राहत कार्यलाई सहज बनाउन पुल पुनःस्थापनाको तयारी अघि बढाइएको छ ।

  • सम्बन्धित विषय:

  • # बुढीगण्डकी बाढी