काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार ओमानको अल अमेरात स्टेडियममा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो । २६४ रनको लक्ष्य पछाएको ओमानले ४० ओभरमा अल आउट हुदै १५० रन मात्र बनायो ।
नेपालका लागि बलर नन्दन यादव र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ लिए ।
यसअघि टस जितेर पहिलले ब्याटिङ गरेको नेपालले ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । नेपालका लागी रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने करण केसीले ४० रन जोडे ।
.jpg)


