आइतबार, कार्तिक १६ गते २०८३
images
images

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरबदल

एक्सप्रेस पाना
आश्विन २९, २०८३ बिहीबार
  • 204
    SHARES
  • दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरबदल

    काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फोरबदल भएको छ । 

    images

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको दोस्रो तथा अन्तिम टोली हिजो (बुधबार) मिसन इलाकातर्फ प्रस्थान गरेको छ । 

    यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २०४ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फिर्ता भएका छन् ।  

    images

  • सम्बन्धित विषय:

  • # नेपाली शान्ति