काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार सामान्य बढेर बन्द भएको छ ।
आज बजार ४.५६ अंकले बढेर २६२५.८२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब १३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १७१ कम्पनिको सेयर मुल्य बढेको छ भने ९१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


