काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना तथा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको जनाएको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा आईसीसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
विज्ञप्तिमा यस महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति नेपाल क्रिकेट संघले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आईसीसीको निरन्तर सहयोग, समर्थन र सहकार्यको उच्च सम्मान गरिएको उल्लेख छ।
आईसीसीको मान्यताले एनपीएलको अन्तर्राष्ट्रिय पहिचान र नेपाली क्रिकेटको प्रतिष्ठा थप उचाइमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
.jpg)


