आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग–२ : क्यानडाले रोज्यो ब्याटिङ, नेपाल बलिङमा

एक्सप्रेस पाना
कार्तिक १, २०८३ शनिबार
  • 192
    SHARES
  • विश्वकप लिग–२ : क्यानडाले रोज्यो ब्याटिङ, नेपाल बलिङमा

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। यससँगै नेपालले पहिले बलिङ गर्ने भएको छ।

    images

    विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सिधै पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ। त्यसैले नेपाल अहिले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

    आजको खेलमा क्यानडालाई पराजित गर्न सके नेपालले अंकतालिकाको शीर्ष ६ भित्र रहने सम्भावना बलियो बनाउनेछ। साथै, जितले नेपालको ओडीआई मान्यता जोगाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ।

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग–२