आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग–२ मा ओमानमाथि नेपालको रोमाञ्चक जित

एक्सप्रेस पाना
कार्तिक ३, २०८३ सोमबार
  • 59
    SHARES
  • विश्वकप लिग–२ मा ओमानमाथि नेपालको रोमाञ्चक जित

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ।

    images

    सोमबार ओमानमा भएको त्रिदेशीय शृङ्खलाको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो। 

    यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।

    images

    ओमानलाई पराजित गर्दै नेपालले अंकतालिकामा छैटौँ स्थान सुरक्षित गरेको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि जोगाएको छ।