आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे

एक्सप्रेस पाना
कार्तिक ८, २०८३ शनिबार
  • 152
    SHARES
  • पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे

    काठमाडौं । टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन् ।

    images

    उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।

    images

    क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दाँया हाते ब्याटर फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णाली याक्समा अनुबन्ध हुने पाकिस्तानी राष्ट्रिय टिमका दोस्रो खेलाडी हुन् । कर्णालीले बिहीबार पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् ।

    फरहानले सन् २०१८ मा अस्ट्रेलियासंग खेल्दै टी–२० मा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५५४ रन बनाएका छन् । जसमा २ सतक र १३ अर्धसतक सामेल छ । उनले रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० मै अर्धशतक बनाएका छन् ।

    कर्णाली याक्सले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्र्याइसकेको छ । टिमले शुक्रबार मात्रै दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको थियो ।

    त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक मिलर, फरहान, तलात, अरिफुल र अकबर चारैजना पहिलो पटक एनपीएल खेल्दैछन् ।

    कात्तिक ९ बाट सुरु हुने एनपीएलको लागि कर्णालीले घरेलु खेलाडीमा मार्कीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।