काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।
जितका लागि पाएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जोडे।यी दुबै ब्याटरले ७४ रनको साझेदारी गरे।
पोखराका धनन्जय लक्षन,सकिब अल हसन र मेहदि हसनले १÷१ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे। सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए।
.jpg)


