बिहीबार , कार्तिक २० गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

एक्सप्रेस पाना
कार्तिक २०, २०८३ बिहीबार
  • 76
    SHARES
  • बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

    बैतडी । बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    images

    बुधबार राति करिब ८ बजे डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो ।

    दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी बताए । दुर्घटनामा सोही ठाउकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाश राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् ।

    images

    घाइते सबैको प्रथामिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।