काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।
आज बजार १२.९५ अंकले घटेर २६५२.५८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ४३ करोडको कारोबार भएको बजारमा बिहिबार ४ अर्ब ७२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ५६ कम्पनिको सेयर मुल्य बढेको छ भने २११ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


