काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


