आइतबार, कार्तिक १६ गते २०८३
images
images

बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण 

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 244
    SHARES
  • बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण 

    कात्तिक १७ काठमाडौं । सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो । चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो । 

    images

    प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् । 

    १. न्यायमा अवरोध सिर्जना । 
    २. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
    ३. न्यायिक विचलनलाई प्रोत्साहन । 
    ४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
    ५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन। 
    ६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन । 
    ७.  राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
    ८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी 
    ९. भ्रष्टाचार र बेथिति मौलायो । 
    १०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
    ११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
    १२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।न्युज कारखाना 

    images