काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १७७ रनको लक्ष्य पछाएको कर्णाली २० ओभरमा ७ विकेट गुमाउदैँ १३७ रनमा समेटिएको हो ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
.jpg)


