शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको शानदार जित

एक्सप्रेस पाना
कार्तिक २०, २०८३ बिहीबार
  • 63
    SHARES
  • विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको शानदार जित

    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।

    images

    बिहिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ८४ रनको लक्ष्य पछाएको काठमाडौँले ९.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    काठमाडौँको जितमा डेभिड वार्नरले अविजित २४ बलमा ४४ रन बनाए भने विलियम बोसिस्टोले अविजित २३ रन बनाए ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले १८.३ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको थियो ।

    यो जितसँगै काठमाडौँले ३ खेलमा दोस्रो जित निकालेको छ भने विराटनगरको यो तेस्रो हार हो ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं गोर्खाज