कात्तिक १७ काठमाडौं । मङ्गलबार कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिएपछि निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू चढ्ने गाडी मुख्यमन्त्री शाहीलाई सुम्पिए । कर्णाली प्रदेश ०२००१ झ ००२३ नम्बरको स्कार्पियो गाडी उनले प्रयोग गर्दै आएका थिए ।
नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही त्यही गाडी चढेर प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्किएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगे भने महेन्द्रबहादुर शाही पैदल हिँडेरै डेरातिर लागे । शाहीले मङ्गलबार नै वीरेन्द्रनगरकै गुरुङ चोकमा एउटा सानो ‘फ्ल्याट’ भाडामा लिएका छन् । महेन्द्रबहादुर शाही पैदल हिडेर नयाँ डेरा जाँदा उनको साथमा उनका केही कार्यकर्तामात्र थिए
.jpg)

