आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने  

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 271
    SHARES
  • एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने  

    कात्तिक १७ काठमाडौं । एमाले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।

    images

    पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् । 

    सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’

    images

    एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयाेजना हुँदैछ ।