आइतबार, कार्तिक १६ गते २०८३
images
images

कर्णालीमा मुख्यमन्त्री शाहीलेचार दिनसम्म मन्त्रिपरिषद् बिस्तार गर्न सकेनन्

एक्सप्रेस पाना
कार्तिक १९, २०७८ शुक्रबार
  • 181
    SHARES
  • कर्णालीमा मुख्यमन्त्री शाहीलेचार दिनसम्म मन्त्रिपरिषद् बिस्तार गर्न सकेनन्

    कात्तिक १९ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू  मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए । 

    images

    माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा(एकिकृत समाजवादी)का ३ जना सांसदहरुले समर्थनमा  शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएकै दिन मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए । 

    मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले ३ मन्त्रालयको माग गरेको छ ।  कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।

    images

    मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकिकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकिकृत समाजवादीका एक सांसदले बताए ।