आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 272
    SHARES
  • एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

    कात्तिक २१ सुर्खेत । नेकपा एमाले कालीकोटका निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा उनको शनिबार राति मृत्यु भएको हो । 

    images

    लामो समयदेखि बिरामी रहेका उनी घरैमा आराम गरिरहेका थिए । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए ।