आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेकपा (एस)का सम्मानि नेता झलनाथ खनाल पार्टीको काममा फर्किए

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 688
    SHARES
  • नेकपा (एस)का सम्मानि नेता झलनाथ खनाल पार्टीको काममा फर्किए

    कात्तिक २२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरी पार्टी काममा फर्किएका छन् ।  सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

    images

    ‘पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर उहाँ (खनाल) प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठक बसेको छ,’ खतिवडाले भने । 

    गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गाैला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरिरहेका थिए । चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा उपस्थित थिएनन् । 

    images