कात्तिक २३ काठमाडौं । सर्वाेच्च अदालतकाे इजलाश तत्काल शुरू गर्न माग गर्दै कानुन व्यवसायीले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले दिउँसाे सवा २ वजे ज्ञापनपत्र बुछाउन लागेकाे हाे । सर्वाेच्च अदालतमा पुगेरै प्रधानन्यायाधीश राणालाई अदालतकाे इजलाश तत्काल सुचारू गरि जनतालाई न्याय प्रदान गर्न आग्रह गर्ने अभियानले जनाएकाे छ ।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे राजिनामा माग्दै न्यायाधीशहरूले इजलासमा बस्न अस्विकार गरेपछि केहि दिन यता सर्वाेच्च अदालतमा सेवा प्रभावित हुँदै आएकाे छ । साेमबार बन्दिप्रत्यक्षिकरणका केही रिट मात्र पेशी ताेकिएकाे थियाे ।
.jpg)


