आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति कार्यालयले थाल्यो तीन प्रदेश प्रमुखको नियुक्ति प्रक्रिया 

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 248
    SHARES
  • राष्ट्रपति कार्यालयले थाल्यो तीन प्रदेश प्रमुखको नियुक्ति प्रक्रिया 

    कात्तिक २३ काठमाडौं । राष्ट्रपति कार्यालय प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । 

    images

    मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो । 

    तीन प्रदेश प्रमुखको नियुक्त प्रक्रिया थालेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । ‘तीनवटा प्रदेशका लागि प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालिएको छ’, उनले न्युज कारखानासँग भने, ‘उहाँहरू सबै उपत्यकाभित्र हुनुहुन्छ कि बाहिर, यसलाई हेरेर नियुक्ति प्रक्रियाअघि बढ्छ ।’ 

    images

    सरकारको निर्णयबारे जानकारी आएपछि नियुक्ति प्रक्रिया थालिएको उनले जानकारी दिए ।