आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेशको नामाकरण मेरै कार्यकालमा पूरा गर्छु : मुख्यमन्त्री राई

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 261
    SHARES
  • प्रदेशको नामाकरण मेरै कार्यकालमा पूरा गर्छु : मुख्यमन्त्री राई

    कात्तिक २३ संखुवासभा । प्रदेश १ का  मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशकाे नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् । 

    images

    अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईकाे भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने उनले बताए । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनकाे भानइ छ ।

    प्रदेशकाे नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेकाे उनले बताए । पूर्व मुख्यमन्त्री शेरधन राईको सरकारले  प्रदेशको नामाकरणका लागि पहल नै नगरेको पनि उनले आरोप लगाए । देशको नामाकरण प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

    images