कात्तिक २३ संखुवासभा । भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने उनले बताएका छन् । भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा मुख्यमन्त्री राईले दुस्ख व्यक्त गरे । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लाबासीलाई आग्रह गरे ।
अरुण नदीमा पक्की पुल नहुदाँ भोजपुरबासीले निकै सास्ती पाएको उनले बताए । अरुण नदीमा पुक्की पुल बनाएर मुख्यमन्त्री भएर वाचा पूरा गर्न मुख्यमन्त्री राईले बताए ।
संघीय सरकार १० बर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुस्खद् भएको बताए । आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पुक्की पुल निर्माण गरेरै छोड्ने उनले बताए । अघिल्लो सरकारले थालेका राम्रा कामलाई पनि पूरा गर्ने मुख्यमन्त्री राईले प्रतिबद्दता जनाए ।
.jpg)


