आइतबार, कार्तिक १६ गते २०८३
images
images

गठबन्धन सरकारको आयु लामो छैन : योगेश भट्टराई

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 514
    SHARES
  • गठबन्धन सरकारको आयु लामो छैन : योगेश भट्टराई

    कात्तिक २३ ताप्लेजुङ । नेकपा एमाले पार्टीको सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै  उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

    images

    गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । 'अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो', उनले भने । 

    गठबन्धन  दलहरूमा विघटनको संकेतहरु देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहेन नेता भट्टराईकाे भनाइ छ । 

    images