आइतबार, कार्तिक १६ गते २०८३
images
images

लोकल मदिरा नष्ट गरिएकामा जसपाको विरोध

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 246
    SHARES
  • लोकल मदिरा नष्ट गरिएकामा जसपाको विरोध

    कात्तिक २३ खोटाङ । जनता समाजवादी पार्टी खोटाङले लोकल रक्सी नष्ट गर्ने कार्य नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । गत १५ कात्तिकमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसीमा लोकल मदिरा (रक्सी) नष्ट गरिएको घट्नाप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टीले मंगलबार प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाललाई भेटगरी आगामी दिनमा सामाजिक सद्भाव बिगार्ने र कसैको संस्कृतिमाथि आँच आउने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको हो । 

    images

    जनता समाजवादी पार्टीको मंगलबार बसेको बैठकले हलेसीमा लोकल रक्सी नष्ट गरिएको घटना सिंगो आदिवासी समुदायमाथिको सांस्कृतिक हमला भएको र गरिब जनतामारा कार्य भएको निष्कर्ष निकाले लगत्तै प्रशासन पुगेर ध्यानाकर्षण गराइएको जनता समाजवादीका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन खम्बुले जानकारी दिए । माझ किरात त्यसमा पनि किरात समुदायको उद्गम थलो मानिएको ‘तुवाचुङ’ रहेको स्थानमा लोकल रक्सी नष्ट गरिएको घट्नाप्रति जनता समाजवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    जनता समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का सचिव सूर्य राई, केन्द्रीय सदस्य देवराज राई, संघीय परिषद् सदस्य कर्ण कार्की, प्रदेश समिति सदस्य नवीन राई, जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष मणि राईलगायतको टोलीले हलेसीमा नियोजित रूपमा लोकल रक्सी नष्ट गरिएको दाबी गरेको छ ।

    images

    संविधानमा सबै समुदायको धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने व्यवस्था भए पनि केही कानुनी जटिलताहरू भएको उल्लेख गर्दै प्रजिअ दाहालले व्यवहारिक रूपमा बुझ्ने र यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख खम्बुले जानकारी दिए । दाहालले विशेषगरी सांस्कृतिक र सामाजिक रूपमा नबाझिने ऐन कानुन बनाउनमा ध्यान दिन जनता समाजवादीका नेतालाई आग्रह गरेका छन् ।

    प्रदेश नम्बर १ की पूर्व सामाजिक विकास मन्त्री एवं एमाले नेतृ उषाकला राईको अवधारणा अनुसार ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अभियान सुरु भइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरेको थियो ।