आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 235
    SHARES
  • आज एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

    कात्तिक २४ काठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०-१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेकाे छ ।

    images

    स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।

    एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वके सरगर्मी बढेको छ ।  नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    images

    यसअघिकाे बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेकाे छ ।