आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा छैन : प्रधानमन्त्री देउवा

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 206
    SHARES
  • नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा छैन : प्रधानमन्त्री देउवा

    कात्तिक २४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशिता भएको, ३३ प्रतिशत महिला सुनिश्चित गरेको यस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताए ।

    images

    संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो । 'अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ,' उनले भने ।

    यसलाई कार्यान्वयन गरेर सफलद पार्नुपर्नेमा उनले जोड दिए । संविधान निर्माणपछि देशमा शान्ति र स्थायित्व आएको उनको भनाइ थियो । 'हाम्रो मुलुकमा अशान्तिबाट शान्ति छाएको छ । पहिला छिन छिनमा सरकार चेञ्ज हुन्थ्यो । आज एउटा प्रधानमन्त्री बन्यो, भोलि अर्कै हुन्थ्यो । आज स्थायित्व आएको छ,' उनले भने ।

    images

    देउवाले प्राकृतिक स्रोत, जलस्रोतले भरिपूर्ण नेपाल देश भाग्यमानी रहेको र हामीहहरु नेपालमा जन्मेर भाग्यमानी छौं भने । उनले देशलाई जलवायु परिवर्तनबाट बचाउनुपर्ने, नांगो हुने खतरामा रहेको हिमाल जोगाउनुपर्ने पनि बताए ।