आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेले १०औं महाधिवेशनका लागि नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ उठाउने

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 292
    SHARES
  • एमालेले १०औं महाधिवेशनका लागि नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ उठाउने

    कात्तिक २४ काठमाडौं । नेकपा एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ । चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले पार्टीका साधारण सदस्यबाट कम्तिमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो ।

    images

    बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तिमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो ।

    '७ करोड ३० लाख रुपैयाँ अनलाइन माध्यमबाट पार्टी सदस्यले दान गर्नेछन्,' समितिका सदस्य एवं पार्टी प्रवक्ता योगेश भट्टराईले भने ।

    images