आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्री आलेले भने- ढुक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 306
    SHARES
  • मन्त्री आलेले भने- ढुक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ

    कात्तिक २४ डडेल्धुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेल्धुरामा एयरपोर्ट बन्ने बताएका छन्। डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले डडेल्धुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताएका हुन्। 

    images

    उनले डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमालस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए। 

    उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने पनि बताए। ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे। 

    images

    साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस विमानस्थलको काम छिटोभन्दा छिटो अगाडि बनाउन पनि निर्देशन दिएको  उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्‍यो भन्नुभएको छ। तपाईंहरू ढक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ।’