आइतबार, कार्तिक १६ गते २०८३
images
images

जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 213
    SHARES
  • जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील

    कात्तिक २५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् ।

    images

    जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गरे । संघीयतापछिको पहिलो जनगणनाको मूल गणना आजबाट ९ मंसिरसम्म चल्नेछ । त्यसका लागि गणकहरु बिहान ९ बजेपछि घरदैलोमा पुग्नेछन् । 

    सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न देउवाले अपील गरे ।

    images

    जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्दै देउवाले जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको बताए ।