आइतबार, कार्तिक १६ गते २०८३
images
images

श्रीलंकामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 575
    SHARES
  • श्रीलंकामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु

    कात्तिक २५ काठमाडौं । श्रीलंकामा एक हप्तादेखि भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण पाँच हजारभन्दा धेरै मानिस विस्थापित भएको त्यहाँको विपद् प्रवर्द्धन केन्द्रले जनाएको छ ।

    images

    विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ । अधिकांशको मृत्यु डुबान र चट्याङबाट भएको केन्द्रले जनाएको छ ।

    एक जना बेपत्ता भएको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका छन् । सामान्यतया श्रीलंकामा अक्टुबर र नोभेम्बरमा मनसुन सक्रिय रहने गर्छ । यस वर्ष देशभर सामान्यभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

    images