आइतबार, कार्तिक १६ गते २०८३
images
images

विवाह नगरेको झोंकमा प्रेमीकामाथि चक्कु प्रहार

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 501
    SHARES
  • विवाह नगरेको झोंकमा प्रेमीकामाथि चक्कु प्रहार

    एजेन्सी । हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए ।

    images

    युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ । युवतीलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।