आइतबार, कार्तिक १६ गते २०८३
images
images

विप्लवद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन घोषणा (वक्तव्यसहित)

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 243
    SHARES
  • विप्लवद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन घोषणा (वक्तव्यसहित)

    कात्तिक २५ काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमाआन्दोलन घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएको बारे जानकारी दिएका छन् ।

    images

    ‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोधभइरहेका बेला नेकपाले पनि आन्दोलनको घोष्णा गरेको हो । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ,’ विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ ।

    वक्तव्यमा सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गर्दै ‘दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’ भन्दै प्रश्न गरिएको छ।

    images

    कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।