आइतबार, कार्तिक १६ गते २०८३
images
images

जबरा पक्षधर आन्दोलनका पाँच जना महिला र एक पुरुष पक्राउ 

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 618
    SHARES
  • जबरा पक्षधर आन्दोलनका पाँच जना महिला र एक पुरुष पक्राउ 

    कात्तिक २६ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । 

    images

    शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुन शासन विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको छ ।

    शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वाेच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । 

    images

    उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् ।