आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेट्रोलको मूल्यबृद्धिविरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगमको कार्यालयमा धर्ना

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 401
    SHARES
  • पेट्रोलको मूल्यबृद्धिविरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगमको कार्यालयमा धर्ना

    कात्तिक २६ काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

    images

    शुक्रबार (आज) निगमको केन्द्रीय कार्यालय टेकु पुगेर बिद्यार्थीहरुले नाराबाजी गर्दै घेराउ गरेका हुन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

    मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन–पत्र बुझाएका थिए ।

    images

    सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाइएको छ ।