आइतबार, कार्तिक १६ गते २०८३
images
images

माधव निकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

एक्सप्रेस पाना
कार्तिक २७, २०७८ शनिबार
  • 403
    SHARES
  • माधव निकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

    कात्तिक २७ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदैछ ।

    images

    शनिबार काठमाडौंमा आयोना भइरहेकाे समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदैछ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा भूपराज खड्का चयन हुने छन् । कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नाथ खतिवडालगायत पुगेका छन् ।

    तत्कालीन नेकपा (एमाले) विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो । पार्टी विभाजनसँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पनि टुक्रिएको थियो । प्रेस चाैतारी टुक्रिएपछि समावादी प्रेस संगठनकाे तदर्थ समिति घाेषणा भएकाे थियाे । तदर्थ समितिका संयाेजक श्रेष्ठ नै अध्यक्ष बनेका हुन् ।

    images