कात्तिक २७ गोरखा । समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताए ।
उनी पछिल्लो केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा स्थानीयसँग छलफल तथा भेटघाट गरि रहेका छन् ।
स्थानीयसँग उनले भने, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो।’
उनले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गरे ।
भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुन् । उनले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताए । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उनले आग्रह समेत गरे ।
गोरखाको उत्तरी भेग निकै विकट रहेको छ । त्यहाँका स्थानीयहरुलाई सदरमुकाम धाउन र विभिन्न प्रशासनिक कार्यका लागि निकै झन्झट हुने गरेको छ ।
.jpg)


